खोप खरिद गर्न एडिबीसँग १९ अर्ब ५८ करोड ऋण सम्झौता
अखबार टुडे
प्रकाशित:
२०७८, २७ श्रावण


काठमाडौं, २७ साउन । सरकारले कोभिड–१९ विरुद्धको खोप खरिद गर्न एसियाली विकास बैंकबाट १९ अर्ब ५८ करोड रुपैयाँ ऋण लिएको छ । बुधबार नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)बीच सहुलियतपूर्ण ऋण सम्झौतामा भएको हो ।

अर्थमन्त्रालयमा आयोजित एक समारोहबीच नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । एडिबीबाट लिएको सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने मन्त्रालयल जनाएको छ ।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धता सुनिश्चितताका लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने बताए । खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पु¥याउने उनको विश्वास छ ।

यस्तै, एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पु¥याइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया