मेस्सी दुई वर्षका लागि पीएसजीमा अनुबन्धित, ३० नम्बरको जर्सी लगाउने
अखबार टुडे
प्रकाशित:
२०७८, २७ श्रावण

काठमाडौं, २७ साउन । आइतबार मात्रै स्पेनिस फुटबल क्लब बार्सिलोनबाट बिदा भएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)मा अनुबन्धित भएका छन् ।
बार्सिलोनासँग सम्झौता नवीकरण हुन नसकेपछि मेस्सी पीएसजीमा अनुबन्ध भएका हुन् । पीएसजीले मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
पीएसजीमा अनुबन्धपछि बोल्दै मेस्सीले आफ्नो लक्ष्य र पीएसजीको भिजनमा समानता रहेकोे तथा उत्कृष्ट खेलाडीसँगै केही नयाँ उद्देश्य पूरा गर्न चाहेको बताएका छन् ।
३४ वर्षका मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सम्झौता थप गर्नका लागि विकल्प समेत दिइएको छ । मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् ।
६ पटक बालोन डी ओर जितेका मेस्सीले केही दिन अघि बार्सिलोना छोडेका थिए । सम्झौताका लागि उनी हिजो पेरिस पुगेका हुन् । पेरिसमा उनलाई हजारौं समर्थकहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया