‘जीन्दगी यस्तै नै रहेछ’ टिकटकमा भाइरल : साता दिनमै ५२ हजार बढीले बनाए टिकटक
अखबार टुडे
प्रकाशित:
२०७८, २६ श्रावण


काठमाडौं, २६ साउन । पछिल्लो समय शोसल मिडियाको प्रभाव बढ्दै गएको छ । फेसबुक र ट्विटरको बेग्लै ट्रेण्ड भने अर्कोतिर यु–ट्युब, टिकटक र इन्स्टाले पनि पछिल्लो आधुनिक समाजलाई गाँज्न सफल भएका छन् । यु–ट्युब र टिकटकका कारण संसारमा थुप्रै सेलिबे्रटी जन्मिएका छन् भने नेपालमा समेत त्यो ट्रेण्ड छ । मानौँ, यु–ट्युब र टिकटकले कलाकारको स्टारडम मापन गर्न थालेको छ ।

यस्तै, पछिल्लो समय एउटा गीत टिकटकमा भाइरल बनेको छ । यो भाइरल शब्द पनि शोसल मिडियाबाटै विकाशित भएको हो । गायिका सुरक्षा सेन्चुरी र अजय कार्कीले गाएको ‘जीन्दगी यस्तै नै रहेछ’ गीतको भिडियो टिकटकमा भाइरल बनेको छ । जुन गीत केही समयअघि मात्र एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सिजन–३ मार्फत चर्चामा आएकी सुरक्षा र अजयको ‘जीन्दगी यस्तै नै रहेछ’ गीत तीजलाई लक्षित गरी सार्वजनिक गरिएको ब्याटल दोहोरी गीत हो । यस गीतलाई श्रोता तथा दर्शकले निकै रुचाएका छन् । त्यो कुरा टिकटकमा भाइरल हुनुले पनि पुष्टि गर्छ । यो समाचार तयार पार्दासम्म यस गीतको ५२ हजार भन्दा बढीले टिकटक बनाइसकेका छन् । यु–ट्युबमा समेत यस गीतले राम्रै भ्युज पाइरहेको छ ।

एमएमएस इन्टरटेनमेन्टका निर्देशक तथा गीतकार दर्पण राई भन्छन्, ‘सुरुमा स्लोली गइरहेको थियो । तर, अहिले टिकटक र यु–ट्युब दुवैमा राम्रो गइरहेको छ ।’

यस गीतको भिडियोबाट तीज गीतमा नयाँ टे«ण्डलाई आत्मसाथ गरिएको छ । मोडलिङ, निर्देशनभन्दा बढी गीतकारका रुपमा चिनिएका दर्पणले ‘जीन्दगी यस्तै नै रहेछ’ (जुन लोक ब्याटलमा आधारित छ) गीतको भिडियो निर्देशन गरेका हुन् । ‘तिम्ले बाटो फेरेयौं अरे’जस्ता सफल सिरिजका गीतकार, मोडल तथा कन्सेप्ट निर्देशक दर्पणले यसपटक आफ्ना दर्शक तथा श्रोतालाई नयाँ स्वाद चखाएको बताए । यस गीतको भिडयोमा प्रकाश सपुत र समीक्षा बस्नेत फिचरिङ छन् । जो दुवैजना पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित छन् ।

प्रतिक्रिया