बढ्यो जोखिम : एकैदिन झण्डै पाँच हजार संक्रमित थपिए
प्रकाशित:
२०७८, २६ श्रावण
काठमाडौं, २६ साउन । पछिल्लो २४ घण्टमा थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउको छ । कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।
आज १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको छ । यस्तै एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १,७१० मा संक्रमण देखिएको हो ।
यस्तै ३५ जना कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।
यसैगरी २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’