भदौ ८ सम्म थपियो निषेधाज्ञा : बिहीबारदेखि ८ साँझ ८ बजेपछि सवारी सञ्चालनमा रोक
प्रकाशित:
२०७८, २६ श्रावण

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालनमा रोक लगाइएको छ । मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेका हुन् ।
साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्ने बताउँदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने, ‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेका छौँ ।’ अत्यावश्यक सवारीसाधन लागि भने यो नियम लागू हुने छैन ।
निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख उनले बताए । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ । पछिल्लो निषेधाज्ञाको समयावधि सकिन एक दिनअघि यो निर्णय गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
