एन्फा विवाद : अध्यक्ष कर्माछिरिङहित चार जनासँग बयान लिइँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २६ श्रावण

काठमाडौं, २६ साउन । फुटबल विवादबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा गठित छानबिन समितिले आजदेखि बयान लिन सुरु भएको छ ।

समितिले मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित चार जनासँग बयान लिने तयारी गरेको हो । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको उजुरीमा आधारित रहेर समितिले बयान लिने बताइएको छ ।

वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने घोषणा गरेपछि एन्फामा विवाद छ । युवा तथा खेलकुद मन्त्रालयले छानबिन गर्न राखेपलाई निर्देशन दिएको थियो । मन्त्रालयले राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया