उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञा थप कडाइ गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, २६ श्रावण

काठमाडौं, २६ साउन । काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको आज संयुक्त बैठक बस्दैछ । जारी निषेधाज्ञाको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

केही दिनयता कोरोनाभाइरसको संक्रमण पुनः बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गर्दै लम्ब्याउनेबारे आजको बैठकले निर्णय गर्ने भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार दिउँसो दुई बजे बैठक बस्ने तयारी छ । उनका अनुसार कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा थप्नुपर्ने आवश्यक देखिएको छ ।

उक्त विषयमा आजको बैठकमा छलफल हुने भएको छ । बैठकमा छलफल गरेरमात्र कुन–कुन क्षेत्रमा रोक लगाउने र खुलाउने भन्नेबारे निर्णय गरिने उनको भनाइ छ । उपत्यकाको जारी निषेधाज्ञा बुधबार सकिँदैछ । त्यसको अघिल्लो दिन आज बैठक बस्न लागेको हो ।

प्रतिक्रिया