टोकियो ओलम्पिक स्वर्ण पदक विजेता नीरज चोपडालाई पुरस्कारको वर्षा !
अखबार टुडे
प्रकाशित:
२०७८, २५ श्रावण

काठमाडौं, २५ साउन । टोकियो २०२० ओलम्पिकमा सनसनीपूर्ण प्रदर्शन गरी ओलम्पिक इतिहासमा भारतको दोस्रो व्यक्तिगत स्वर्ण जितेपछि नीरज चोपडालाई पुरस्कारको वर्षा भइरहेको छ । उनले ओलम्पिकको एथलेटिक्सको ज्याभलिन थ्रोमा भारतको लागि स्वर्ण पदक दिलाएका थिए ।

हरियाणाकी २३ वर्षीया एथलीटलाई उनको उल्लेखनीय उपलब्धिका लागि धेरै राज्य सरकार र निजी संस्थाहरु द्वारा सम्मानित गरिएको छ । साथै ठूला ठूला ईनाम दिनेक्रम पनि जारी रहेको छ ।

उनलाई सर्वप्रथम हरियाणाका मुख्य मन्त्री मनोहर लाल खट्टरले ६ करोड नगद पुरस्कार र प्रतिष्ठित रोजगारीको पनि घोषणा गरेका छन । पंजाबका मुख्य मन्त्री अमरिंदर सिंहले २ करोड रुपैंया नगद पुरस्कारको घोषणा गरेका छन । यसैगरी मणिपुर सरकारले निरजलाई १ करोड रुपैंया पुरस्कार दिने घोषणा गरेको छ ।

आईपिएल क्रिकेट टिम चेन्नई सुपर किंग्सले पनि निरजलाई १ करोड नगद पुरस्कार दिने भएको छ । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले पनि उनलाई १ करोड दिने तथा अन्य पदक बिजेता भारतीय खेलाडीहरुमा रजत बिजेतालाई ५० लाख तथा काँस्य बिजेतालाई २५ लाख पुरस्कारको घोषणा गरी उनिहरु सबैलाई आई पिएलको फाईनलमा आमन्त्रण गर्ने घोषणा गरेको छ । ईण्डिगो ईयरलाईन्सले निरज चोपडालाई एक वर्षका लागि निशुल्क हवाई टिकट दिने भएको छ ।

स्वर्ण पदक बिजेता निरज चोपडालाई हालसम्म ९ करोड भारतीय रुपैंया पुरस्कार दिने घोषणा भैसकेको छ । उनलाई महेन्द्रा गाडी पनि पुरस्कारका रुपमा दिईने भएको छ । भारतको एडटेक कम्पनीले पनि २ करोड पुरस्कार दिने घोषणा गरेको छ ।

प्रतिक्रिया