आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाइने, काठमाडौंमा तोकियो १४४ खोपकेन्द्र
प्रकाशित:
२०७८, २५ श्रावण
काठमाडौं, २५ साउन । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आज (सोमबार)देखि दोस्रो मात्रा भुटान र जापानबाट ल्याइएको कोरोविरुद्धको अस्ट्राजेनिका खोप लगाइने भएको छ ।
त्यस्कालागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रमा नै अस्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । मन्त्रालयका अनुसार अस्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइनेछ ।
प्रतिक्रिया