‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि किरण गजमेरलाई
अखबार टुडे
प्रकाशित:
२०७८, २४ श्रावण

काठमाडौं, २४ साउन । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । उनि हाल अमेरिका बस्दै आएका छन् ।
दर्शकबाट बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरिएको हो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् ।
शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् ।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् ।

प्रतिक्रिया