थप ३,२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २३ श्रावण

काठमाडौं, २३ साउन । गएको २४ घण्टामा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
८ हजार ८ सय ६६ जनाको पीसीआर र ४ हजार ७ सय ७ को एन्टिजेन गरि १३ हजार पाँच सय ७३ नमूनाको परिक्षण गर्दा ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै थप १ हजार ७ सय २२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ ।
यस्तै थप १९ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ ।

प्रतिक्रिया