जापानबाट ‘एस्ट्राजेनेका’ खोपको पहिलो खेप नेपाल आइपुग्यो
अखबार टुडे
प्रकाशित:
२०७८, २३ श्रावण

काठमाडौं, २३ साउन । जापानबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप काठमाण्डौ आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये पहिलो चरणमा झण्डै ४ लाख डोज खोप कतार एयरवेजको विमानबाट बिहान ९ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

जापानले पाठाउने १६ लाख डोज खोपमध्ये ४ लाख भोलि र बाँकी ८ लाख डोज खोप पनि यही महिनाभित्र आइपुग्ने खोप महाशाखाले जनाएको छ ।

कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि पर्सिदेखि खोप अभियान सुरु हुनेछ । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

शर्माकाअनुसार पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ । प्रदेश–१ र प्रदेश–२ मा केही दिन ढिला हुनेछ ।

प्रतिक्रिया