यस्तो छ ‘लभ सर्कल’को ट्रेलर (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २३ श्रावण

काठमाडौं, २३ साउन । चलचित्र ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक गरिएको छ । मी टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् ।

कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन् । लकडाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राविधिकलाई पनि केही राहत होस् भन्ने उद्देश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्यसहित चलचित्र ‘लभ सर्कल’को निर्माण गरिएको निर्देशक निरौलाले बताए ।

सार्वजनिक ट्रेलरमा कमेडी दृश्यले बढी स्थान पाएको छ । चलचित्रमा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय रहेको छ । कमेडी च्याम्पियनमा दले दाईको उपनामले चिनिएका सुमन कोइराला यसै चलचित्र मार्फत डेब्यु गर्दैछन् ।

चलचित्र ‘लभ सर्कल’मा अंकित बाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, मुख्य सहायक निर्देशक बिनय पौडेल, लेखन अभिमन्यु निरवी, कलर राजेन्द्र मोक्तान, छायाँकन दिब्य सुबेदी, कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहील खान र मिलन श्रेष्ठको रहेको छ । यो चलचत्रि यही २९ साउनबाट डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया