भीड बढेपछि खोप केन्द्र थप, उपत्यकामा मात्र १४९ खोप केन्द्र
अखबार टुडे
प्रकाशित:
२०७८, २३ श्रावण

काठमाडौं, २३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी अनुसार खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको हो । खोप केन्द्रमा अत्याधिक भीड लाग्न थालेपछि संक्रमणको जोखिम बढेको भन्दै गुनासो आउन थालेको थियो । त्यसैले मध्यनजर गरी खोप केन्द्र बढाइएको हो ।

देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको छ । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो संख्या चार हजार ४२२ पु¥याइएको उनले बताए । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।

सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया