कोरोना अपडेट : हालसम्म ७ लाख ७७ हजार ५८९ संक्रमित, शुक्रबार ३,७२९ जना थपिए
न्युज डेस्क
प्रकाशित:
२०७८, २२ श्रावण

काठमाडौं, २२ साउन । शुक्रबार तीन हजार ७२९ जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार १५ हजार ६७५ मा गरिएको परीक्षणमा तीन हजार ७२९ मा सङ्क्रमण देखिएको पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमितको हुनेको संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ । हाल सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् ।
यस्तै, शुक्रबार काठमाडौँ उपत्यकामा मात्र ७०१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै अवधिमा एक हजार ८८५ जना निको भई घर फर्किएका छन् । यससँगै कुल ६ लाख ६५ हजार ५४८ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोभिडका कारण ३५ जनाको निधन भएको छ । अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो ।

यसैगरी ७३२ जना सघन उपचार कक्ष (आइसियु), १५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३१ हजार ४२७ जना होमआइसोलेसन, तीन हजार ५१५ जना संस्थागत आइसोलेसन, ३५६ जना क्यारेन्टिन रहेका छन् । विगत २४ घण्टामा एक लाख २० हजार ८९९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया