नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नजिक
प्रकाशित:
२०७८, २१ श्रावण

काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअुनसार ११ हजार ८७० पीसीआर परीक्षणमा थप ३ हजार ७ जना र एन्टिजेन विधिद्वारा गरिएको ६ हजार ५३८ परीक्षणबाट ९३१ जनामा पोजिटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । यस्तै, यही अवधिमा थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ ।
यस्तै कोरोना बिहीबार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
