बढ्दै कोरोना : बुधबार चार हजार बढी संक्रमित, ३५ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २० श्रावण

काठमाडौं, २० साउन । नेपालमा पुनः कोरोना संक्रमित बढ्दै गएका छन् । निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमणको जोखिम बढेको हो । पछिल्लो समय बुधबार सबैभन्दा बढी संक्रमण पुष्टि भएको छ ।

बुधबार कोरोना भाइरसको संक्रमण चार हजार १०७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण भएको पुष्टि गरे ।
उनका अनुसार परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै बुधबार एक हजार ५३५ सङ्क्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । यस्तै काठमाडौँ उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया