बलिउड ताक्दै मिस्टर दार्जिलिङ छिरिङ : भन्छन्, ‘टाइगर श्राप मेरो आइडल पर्सन’
अखबार टुडे
प्रकाशित:
२०७८, २० श्रावण

काठमाडौं, २० साउन । भारत दार्जिलिङका छिरिङ धेन्दुक लेप्चा मोडलिङ तथा अभिनयमा करिअर बनाउन चाहन्छन् । ‘मिस्टर दार्जिलिङ–२०१९’को उपाधि जितेपछि ग्ल्यामरस क्षेत्रमा करिअर सुरुवात गरेका छिरिङले भने, ‘मेरो उद्देश्य कलाकारितामा करिअर बनाउने हो । काम विशेष केही सातायता काठमाडौंमा रहेका छिरिङले केही म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेका छन् ।

छिरिङले सांगीतिक समूह ‘ज्याक फ्रुट’को गोर्खाली र एजुकेर्टस ब्याण्डको गीतमा मोडलिङ गरिसकेका छन् । दार्जिलिङ सुकेपोखरीका छिरिङले भने, ‘मेरो रुचि फिल्मी अभिनय हो । त्यसैले भविष्यको लक्ष्य पनि अभिनयलाई नै बनाएको छु ।’

२२ वर्षीय छिरिङ बलिउड अभिनेता टाइगर श्रापलाई आफ्नो आइडल पर्सन मान्छन् । उनी भन्छन्, ‘मलाई नेपाली कलाकार अनमोल केसी र पल शाह पनि राम्रो लाग्छ । मैले उनीहरुको फिल्म पनि हेरेको छु । तर, मेरो आइडल पर्सनचाहिँ टाइगर श्राप हुन् ।’

छिरिङको अर्को लक्ष्य भनेको बलिउड छिर्ने हो । चक्लेटी छिरिङको बलिउड अभिनेत्री दिसा पट्नीसँग स्क्रिन शेयर गर्ने इच्छा छ । नेपाली अभिनेत्रीहरुमध्ये उनलाई स्वस्तिमा खड्का मन पर्छ । उनी भन्छन्, ‘नेपाली फिल्म स्वस्तिमा खड्का मन पर्छ ।’

छिरिङ लभस्टोरी फिल्ममा अभिनय गर्न चाहन्छन् । ६ फिट उचाइका छिरिङ भन्छन्, ‘मलाई लभस्टोरीमै सुहाउँछ जस्तो लाग्छ ।’ फिल्मका लागि फोटोसुट समेत गरिसकेका उनले भने, ‘हेर्दै जाउँ, एक दिन अवश्य अवसर पाइएला ।’ अवसर पाए नेपालमै बसेर पनि उनी काम गर्न तयार छन् ।

अहिले पनि छिरिङको हातमा केही प्रोजेक्ट छन् । दार्जिलिङ फर्कनेवित्तिकै काम सुरु गर्ने उनले सुनाए । ‘नेपाल आएको दुई साता बढी भयो’ उनले भने, ‘तर अब चाँडै फर्कँदैछु । दार्जिलिङ गएलगत्तै केही म्युजिक भिडियोहरु गर्दैछु ।’

प्रतिक्रिया