सुनिता र तानामको ‘आन्छी मिम आफल्याङ मेसिनेन’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २० श्रावण

काठमाडौं, २० साउन । गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा ‘आन्छी मिम् आफाल्याङ मेसिनेन’ बोलको लिम्बू भाषाको गीत एक कार्यक्रमबीचि सार्वजनिक गरिएको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्र विकास वोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङले गीतमा आफ्नो कथालाई देख्न पाइने र संसारभरि रहेका कला सस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न सक्ने बताए । भिडियोमा मनोरञ्जनमात्र नभएर लिम्बू समुदायको लोप हुँदै गइरहेको संस्कार र सस्कृतिको संरक्षण समेत गर्न सक्ने उनको भनाइ थियो ।

निर्देशक दिनेश लिङ्देनले जीवनलाई महिनौ अध्ययन गरेर संगीत गरेको र कोभिड कहरको वाबजुद कामहरू गरिरहेको हुँदा व्यक्तिगत र आफु आवद्ध संस्थाको तर्फबाट निर्देशक हाङ चेम्जोङलाई धन्यवाद दिए ।

किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले गीत र भिडियोमा सम्बन्धितहरूको काममा प्रश्न नरहेको बताएकी थिइन् । उनले भनिन्, ‘सबैको मिहिनेत छ, लिम्बू संस्कारलाई जिवन्तता दिने काम भएको छ, पहिचानलाई जिवन्त राख्न सफल भएको छ ।’

कार्यक्रममा हङकङका त्रिभुवन लुम्फुङ्वा, निर्देशक हाङ चेम्जोङ, गीतकार साइमन लिम्बूले पनि आफ्नो धारणा दिएका थिए । सार्वजनिक गीतको भिडियोमा विमला खजुम लिम्बू, साइमन लिम्बू, तानाम तान्छो लावती र झरना लिम्बूले अभिनय गरेका छन् । हाङ चेम्जोङले निर्देशन गरेको उक्त भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
साइमन लिम्बूले लेखेका उक्त गीतमा प्रेमी प्रेमिकाविच माया र स्नेहलाई भौतिक शरीरले छोडेर गएपनि कहिल्यै नमर्ने भाव समेटिएको छ ।

प्रतिक्रिया