दक्षिण कोरियामा नयाँ भेरियन्टका २ हजारभन्दा बढी संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७८, १९ श्रावण

सोल, १९ साउन (एजेन्सी) । दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको हप्तामा दुई हजार १०९ नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएका मंगलबार जनाएको छ । यहाँ यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड–१९ का नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको पनि बताइएको छ ।

यहाँ नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो । यो समेत गरी यहाँ त्यस यता नयाँ भेरिएन्टका २५ हजार २४० जना सङ्क्रमित पाइएका हुन् ।

प्रतिक्रिया