निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज (सूचिसहित)
प्रकाशित:
२०७८, १९ श्रावण
काठमाडौं, १९ साउन । निर्वाचन आयोगले वार्षिक आयब्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै एक समय संविधानसभामा सांसद र मन्त्री समेत बनाएको ‘चुरे भावर’लगायत ४१ दलको दर्ता खारेज भएको जनाएको हो ।
खारेज भएका दलका केन्द्रीय पदाधिकारी र सदस्यबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णयसमेत आयोगले गरेको छ । जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न समबन्धित निकायमा पत्र लेखेर पठाएको आयोगले जनाएको छ । दल खारेजीसँगै अब ती व्यक्तिहरु निर्वाचन आयोगमा दर्ता रहेका अरु पार्टीको पदाधिकारी र सदस्यसमेत बन्न नपाउने भएका छन् । अब निर्वाचन आयोगमा ९५ वटा दल कानूनी अस्तित्वमा रहेका छन् ।
प्रतिक्रिया