कर्णालीमा डुंगा पल्टिँदा तीन बेपत्ता, एक गम्भीर घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, १७ श्रावण

सुर्खेत, १७ साउन । कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने जाने क्रममा डुंगा दुर्घटना भएको हो ।

काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार डुंगामा सवार १० जनामध्ये तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ महिनाका बच्चा रहेका छन् । पाँच जनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनामा १९ वर्षीया धनसरा सलामी मगर गम्भीर घाइते छन् ।

इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत र इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ । राँगा मलेखा मोहन्याल गाउँपालिकामा खोप केन्द्र नहुँदा स्थानीयहरू सुर्खेतको बिजौरास्थित स्वास्थ्य चौकी पुग्ने गरेका छन् ।

प्रतिक्रिया