फेरि उर्लियो मेलम्ची, चनौटेको पुल बगाउँदा आवत-जावत ठप्प
प्रकाशित:
२०७८, १७ श्रावण

सिन्धुपाल्चोक, १७ साउन । गए रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासीका अनुसार आइतबार बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका
अमेरिकाले सोध्यो- के राष्ट्रसंघीय सहायता निकायको कम्युनिस्टसँग सम्बन्ध छ ?
गाजामा इजरायलद्वारा हवाई आक्रमण, तीन पत्रकारसहित नौ जनाको मृत्यु
ट्रम्प प्रसाशनद्वारा रसियासहित यी ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी
‘पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन’