दक्षिणपन्थीको सरकारलाई मत दिनेलाई पार्टीमा ठाउँ छैन : ओली
अखबार टुडे
प्रकाशित:
२०७८, १६ श्रावण

काठमाडौं, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिनेहरुलाई पार्टीमा ठाउँ नहुने बताएका छन् । शनिबार एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा बोल्दै ओलीले पार्टीमा माधव नेपालहरुलाई ठाउँ नहुने बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन । उनले थपे, आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’ बाटो बिराएका अरुलाई भने पार्टीमा फर्किन सक्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी समेत गरेका छन् । अध्यक्ष ओलीले भने, ‘अब पार्टीमा खुट्टा तान्नेहरु कोही छैनन् । त्यसैले अब सजिलै बहुमत ल्याउन सकिन्छ ।’

प्रतिक्रिया