भारतीय ज्यादती बढेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
अखबार टुडे
प्रकाशित:
२०७८, १६ श्रावण

काठमाडौं, १६ साउन । सीमा क्षेत्रका नेपालीमाथि भारतीय ज्यादती बढेको भन्दै संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको थियो । उक्त घटनाप्रति ध्यानाकर्षण गराउँदै विद्यार्थी नेताहरुले शसिनबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । विद्यार्थी नेताहरुले दार्चुला घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरुका जायज माग सम्बोधन गर्दै रोकिएका परीक्षाहरु सन्चालन गराउन पनि विद्यार्थी नेताहरुले माग गरेका छन् ।

प्रतिक्रिया