‘जीन्दगी यस्तै नै रहेछ’ लेखिरहनै पर्दैन ! (भिडियो हेर्नुस्)
अखबार टुडे
प्रकाशित:
२०७८, १५ श्रावण

काठमाडौं, १५ साउन । एमएमएस इन्टरटेनमेन्ट सधैँ दर्शक तथा श्रोतालाई नयाँ स्वाद चोख्वाउँछन् । त्यही भएरै आजसम्म एमएमएस इन्टरटेनमेन्टको बेग्लै पहिचान छ ।

यस्तै, यस पटक लोक ‘ब्याटल्स’ शैलीको गीत ‘जीन्दगी यस्तै नै रहेछ’ सार्वजनिक गरेको छ । नेपाली नारीहरुको विशेष पर्व तीज नजिकिँदै गर्दा सार्वजनिक गरिएको यस गीतले तीजको झल्को त दिएको छ नै, साथै नयाँ परम्पराको थालनीसमेत गरेको छ ।

सार्वजनिक यस गीतले तीज गीतका भिडियोहरुमाझ कसरी नयाँ परम्पराको थालनी गरेको छ भन्ने भिडियो हेरेपछि यहाँहरुले पक्कै महशुस गर्नु हुनेछ । त्यसैले चर्चा गरिरहन आवश्यक भएन । तैपनि केही चर्चा गरौँ ।

यस गीतमा स्वर सुरक्षा सेन्चुरी र अजय कार्कीले दिएका छन् । जो आ–आफ्नो स्थानमा दुवैजना अब्बल छन् । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का सिजन–३ मार्फत चर्चामा आएकी सुरक्षा नेपाली सांगीतिक आकाशमा उदाउँदो तारा हुन् । जो गायन प्रतिभा र कला भइकन पनि भ्वाइसको नकआउट राउण्ड चरणबाट बाहिरिएकी थिइन् । तर, त्यसपछि नै सुरक्षाले आफ्नो सांगीतिक करिअर सुरक्षित गर्दैछिन् । त्यो ‘जीन्दगी यस्तै नै रहेछ’ले पनि प्रष्टाउँछ ।

यस्तै, अजय कार्कीले यसअघि नै संगीतमा आफ्नो दख्खलता प्रस्तुत गरिसकेका छन् । यस गीतबाट आफूलाई लोक संगीतमा समेत अब्बल देखाएका छन् ।

भिडियोमा कुनै खोट लगाउने स्थान छैन । नेपाली सांगीतिक क्षेत्रमा गीतकार तथा मोडलका रुपमा आफूलाई चिनाउन सफल दर्पण राईले यसै गीतको भिडियोबाट नयाँ टे«ण्डलाई समेत आत्मसाथ गरेका छन् । मोडलिङ, निर्देशनभन्दा बढी गीतकारका रुपमा चिनिएका दर्पणले ‘जीन्दगी यस्तै नै रहेछ’ (जुन लोक ब्याटलमा आधारित छ) गीतको भिडियो निर्देशन गरेर फरक लोक संगीतमा समेत आफ्नो स्थान बनाएका छन् । ‘तिम्ले बाटो फेरेयौं अरे’जस्ता सफल सिरिजका गीतकार, मोडल तथा कन्सेप्ट निर्देशक दर्पणले यसपटक आफ्ना दर्शक तथा श्रोतालाई नयाँ स्वाद चखाएका छन् ।

भिडियो गजब बनेको छ । यस गीतले पुरातन सोच भएका दर्शक तथा श्रोताको केही चित्त दुख्न सक्छ, तर, नेपाली मौलिकता भिडियोबाट हराएको छैन । यही नै भिडियो निर्देशक तथा कोरियोग्राफरको खुबी हो ।

भिडियोमा प्रकाश सपुत र समीक्षा बस्नेत फिचरिङ छन् । उनीहरुको यहाँ धेरै तारिफ गरिरहन आवश्यक छैन । जो दुवै जना पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित छन् । उनीहरुको प्रस्तुती हेर्दा कलाकार नै हुन जन्मिएका हुन् भन्ने आभाष जो कसैलाई भान हुन्छ । प्रकाश सपुत नेपाली लोक संगीतका लागि एक सिग्नेचर नै हुन् । र, पछिल्लो समय उनी मोडलिङ र डान्सिङमा पनि उत्तिकै चर्चित छन् । यस गीतको भिडियोमा पनि पं्रकाश र समीक्षाको जोडी जमेको छ ।

‘जीन्दगी यस्तै नै रहेछ’ गीत तथा भिडियोको बारेमा धेरै लेखिरहन पनि जरुरी छैन । अहिले यति भनौँ, अनिल के मानन्धरले खिचेको यस गीतले तीजमा नेपाली नारीहरुलाई बुरुक्कै उचाल्नेछ ।

प्रतिक्रिया