चीनले नेपाललाई थप १६ लाख खोप अनुदान दिने
प्रकाशित:
२०७८, १५ श्रावण

काठमाडौं, १५ साउन । छिमेकी मुलुक चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदान दिने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सो प्रतिबद्धता जनाएकी हुन् ।
चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । चीनले दिने भनेको थप खोप चाँडै आउने जनाइएको छ । भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गरेका थिए ।
सो भेटघाटमा अर्थमन्त्री शर्माले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए । भेटमा चिनियाँ राजदूत यान्छीले अर्थमन्त्री शर्मालाई बधाई दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त