चार पुर्वमाओवादी नेताको रिटमाथि आज पनि भएन सुनुवाइ
अखबार टुडे
प्रकाशित:
२०७८, १५ श्रावण


काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रको कारबाहीबाट पदमुक्त भएका चार पूर्वसांसदको रिटमाथि आज पनि सुनुवाइ भएन ।
पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम रहन माग दावीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उक्त रिटमाथि शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

बिहीबार उक्त रिट निवेदनमा न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिएपनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । यी चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले पार्टी सदस्यताबाटै बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो ।

प्रतिक्रिया