मन्त्रालय बाँडफाँड मिल्यो, आजै मन्त्रिरिषद विस्तार हुन सक्ने
अखबार टुडे
प्रकाशित:
२०७८, १४ श्रावण

काठमाडौं, १४ साउन । सत्तारुढ गठबन्धन दलबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ । गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषद विस्तारका लागि सहमति भएको हो । यससँगै प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ ।
विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । नेपाल पक्षबाहेक काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच मन्त्रालयको भागबण्डा मिलाएका हुन् ।
बिहीबार भएको सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउने भएको छ । तर, कसलाई कुन मन्त्रालय पाउने भन्ने विषयमा छलफल हुन बाँकी रहेको एक

प्रतिक्रिया