प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद विस्तारबारे छलफल
अखबार टुडे
प्रकाशित:
२०७८, १४ श्रावण

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि सत्ता गठबन्धनको बैठक बस्ने भनिएपनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच मात्र भेटवार्ता भएको छ । बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरुको नाम टुंगो लगाउने सहमति भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । अब जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रतिक्रिया