आज काठमाडौंका ३२ वडामै भेरोसेल खोप लगाइँदै
अखबार टुडे
प्रकाशित:
२०७८, १४ श्रावण

काठमाडौं, १४ साउन । काठमाडौंमा आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लागइँदै छ ।

काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा आज बिहीबार उक्त उमेर समूहका नागरिकलाई लगाउने भएको हो । ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाइने भएको ।

महानगरका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँवरका अनुसार बिहान १० देखि अपरान्ह ५ बजेसम्म खोप लगाउने कार्यक्रम छ ।
नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइने छ ।

प्रतिक्रिया