संक्रमित बढ्दै, उपत्यकामा मात्र ७७४ जना थपिए
अखबार टुडे
प्रकाशित:
२०७८, १२ श्रावण

काठमाडौं, १२ साउन । तीन हजार ८९९ मा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार मंगलबार १७ हजार ५१८ मा परीक्षण गर्दा तीन हजार ८९९ मा संक्रमण पुष्टि भएको हो । यो संख्या सोमबारभन्दा ४७८ ले बढी हो ।
संक्रमितसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार ८१७ पुगेको छ । सङ्क्रमण दर १९.२ प्रतिशत छ ।

उपत्यकामा ७७४ सङ्क्रमित थपिए
यसैगरी काठमाडौँ उपत्यकामा आज मात्र ७७४ जना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित पुष्टि भएका छन् ।
एक हजार ७७८ निको
सङ्क्रमणबाट स्वास्थ्यलाभ गरेर आज एक हजार ७७८ फर्किएका छन् । योसँगै स्वास्थ्यलाभ लिनेको सङ्ख्या छ लाख ४७ हजार ७९ पुगेको छ । निको हुने ९४.४ प्रतिशत रहेको छ ।

यसैगरी सङ्क्रमणबाट आज २२ जनाको निधन भएको छ । योसँगै निधन हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् ।

यसैगरी सङ्क्रमितमध्ये ६११ जना सघन उपचार कक्ष (आइसियु) र १७१ जना भेन्टिलेटरमा छन् । होम आइसोलेशनमा २५ हजार ९३८ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८९८ जना छन् ।

प्रतिक्रिया