जसपामा यादवलाई ३४ जनाको समर्थन, आजै आधिकारिताबारे फैसला आउँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ११ श्रावण

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षभन्दा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका छन् ।

निर्वाचन आयोगले सोमबार सनाखतका लागि जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको थियो । सोहीअनुसार आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाले समर्थन जनाएको बताइएको छ ।

महन्थ ठाकुरको पक्षमा भने १६ जनामात्र छन् । जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी भने तटस्थ रहेका छन् । कसैको पनि पक्ष र विपक्षमा आफू नरहेको भन्दै उनले तटस्थ रहने निर्णय गरेका हुन् । निर्वाचन आयोगमा विचाराधीन रहेको जसपाको आधिकारिकता सम्बन्धी मुद्दामा आयोगले आजै फैसला दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया