कुख्यात सिरियल किलर अल्कालाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १० श्रावण

काठमाडौं, १० साउन (एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियाका कुख्यात सिरियल किलरको मृत्यु भएको छ । १२ वर्षीया बालिकाका अलावा चार महिलाको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका ७७ वर्षीय रोड्नी अल्कालाको क्यालिफोर्निया स्टेटस्थित एक अस्पतालमा उपचारको क्रममा शनिबार मृत्य भएको बताइएको छ ।

अमेरिकाको एक टिभी शोमा भाग लिएका कारण ‘डेटिङ गेम किलर’ भनेर चिनिने चिनिएका अल्कालामाथि सन् २०१० मा सजाय सुनाइएको थियो । क्यालिफोर्नियाका साथै न्यूयोर्कमा समेत उनले अन्य दुई जना महिलाको हत्या गरेको स्वीकार गरेका थिए ।

अल्कालालाई सन् १९८० मा १२ वर्षीया रोबिन सामसोइको अपहरण र हत्याको आरोपमा पहिलोपटक मृत्यु दण्डको सजाय सुनाइएको थियो । तर, क्यालिफोर्नियाको सर्वोच्च अदालतले उक्त फैसलालाई उल्टाउँदै नयाँ सुनुवाइ सुरु गरेको थियो । उनले दोस्रो सुनुवाइमा पनि सोही सजाय पाए । तर, सन् २००३ मा फेरि त्यो उल्टिएको थियो ।

सन् २०१० को सुनुवाइमा अल्कालाले सामसोइसहित सन् १९७७ देखि १९७९ को बीचमा १८ देखि ३२ वर्ष उमेरका थप चार जना महिलाको हत्या गरेको अभियोग लगाइएको थियो ।

सन् १९७८ मा अल्कालाले अमेरिकी टेलिभिजनमा द डेटिङ गेममा पनि भाग लिएका थिए । सन् २०१२ मा उनीमाथि न्यूयोर्कमा थप २ जना महिलाको हत्या गरेको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया