पार्टीबाट मन्त्री छान्न म हैरान छु : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, ९ श्रावण

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्य पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन् ।

शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार बिस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताएका हुन् ।

पार्टीका धैरै नेताहरु आंकांक्षी भएपछि प्रचण्डले आफूलाई अप्ठेरो परेको र माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताउनुभयो । पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उहाले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गरे । कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अव अन्त्य गर्नुपर्ने उनले बताए ।

त्यस्तै प्रचण्डले गठवन्धनका विरोधीहरुले यो गठवन्धन फुटाउने लागेको टिप्पणी गर्नुभयो । एमसीसीमा भिडाएर गठबन्धनबीच झगडा गराउने प्रयास भइरहेको उहाको भनाई छ । संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए ।

उनले संविधानलाई सहि ट्रयाकमा ल्याएर बनेको सरकारले जनता र देशको पक्षमा काम गर्नुपर्ने जिकिर गरे । सरकारले सुरुमा नै सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने निर्णय स्वागतयोग्य रहेको उनले बताए ।

प्रतिक्रिया