मलेसियाबाट ल्याइयो २४ वटा शव तीन नेपालीको अस्तु
अखबार टुडे
प्रकाशित:
२०७८, ९ श्रावण

काठमाडौं, ९ साउन । मलेसियाबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु ल्याइएको छ । विभिन्न समयमा रोजगारीका निम्ति मलेसिया पुगेर उतै ज्यान गुमाएकाहरुको शव शनिबार नेपाल ल्याइएको हो । ती नेपालीहरुको शव नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत ल्याइएको हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा ती शव नेपाल ल्याइएका हुन् । शव आजै उनीहरुका आफन्तलाई जिम्मा लगाइएको छ ।
शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । त्यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु नेपाल ल्याइएको छ । अझैपनि केही नेपालीहरु शव मलेसियामै अड्किएका छन् । ती शवहरु पनि प्रक्रिया पुर्याएर नेपाल ल्याइने छ ।

प्रतिक्रिया