तारेभीरका निर्माता ‘डाँडा बजार’मा भेटिए (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, ९ श्रावण

काठमाडौं,९ साउन । पुर्वेली भाकामा ‘डाँडा बजार’ बोलको गीत सार्वजनिक भएको छ । देउकृष्ण देवनले निर्देशन गरेको यस गीतको भिडियोमा अभिनेत्री तथा मोडल रेखा फागो लिम्बू र देवेन्द्र लिम्बूका अलावा युमन लिम्बू र सुनिता संयक लिम्बू फिचरिङ छन् ।

निर्देशक देवनले भिडियोमा पूर्वेली मौलिकतालाई पस्कने प्रयास गरेका छन् । यस गीतमा गायक देवेन्द्र लिम्बू, डीबी लिम्बू, सुनिता संयक लिम्बू र हिमाली फेवादिन लिम्बूको स्वर रहेको छ ।

सुनिता संयक पछिल्लो समय गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्नेक्रममा छिन् । विशेषगरी सुनिता लिम्बू भाषा र पुर्वेली गीतका लागि चर्चित छिन् ।

चित्र याख्खाको संगीत रहेको यस गीतलाई चारखोला शिशिरले रचेका हुन् । गीतकारले गाउँघरकै रहन सहनलाई गीतको शब्दमा उनेका छन् ।
धनकुटाको डाँडा बजार र तमोर नदी आसपासमा छायाँकन गरिएको यस भिडियोमा कोरियोग्राफी पनि निर्देशक देउकृष्णकै रहेको छ । सुमन तामाङको छायाँकन रहेको भिडियोमा आधुनिक देवन र पद्मा माया (सीता राई)को पनि अभिनय रहेको छ ।

निर्देशक देउकृष्णले यसअघि विभिन्न गीतको भिडियो निर्देशन गरिसकेका छन् । नेपाली फिल्म ‘तारेभीर’ निर्माण गरेर कला क्षेत्रमा लागेका देउकृष्ण एक कुसल कलाकार पनि हुन् । ‘डाँडा बजार’को यस भिडियोसँगै उनी एक कुसल निर्देशकका रुपमा देखिएका छन् ।

प्रतिक्रिया