मेलिना र शिवराजको ‘कहाँ होला मायालु’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, ८ श्रावण

काठडमौं, ८ साउन । गायक तथा संगीतकार शिवराज गुरुङ र गायिका मेलिना राईको स्वरमा ‘कहाँ होला मेरी मायालु’ बोल गीतको भिडियो सार्वजानिक भएको छ ।

गायिका मेलिना राईको युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोलाई छोटो समयमै लाखौँ दर्शक स्रोताहरुले मन पराइदिएका छन् । नरेन लिम्बु र कुसुम गुरुङको अभिनय रहेको भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका हुन् भने विश्वास राईले छायाँकन गरेका छन् ।
छोटो समयमै लोकप्रिय बनेको यस गीतले सकारात्मक प्रतिक्रिया पाउँदा अत्यन्तै हौसिएको गायक तथा संगीतकार गुरुङले बताए ।

प्रतिक्रिया