मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति
अखबार टुडे
प्रकाशित:
२०७८, ८ श्रावण

काठमाडौं, ८ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै शनिबारदेखि लामो तथा मध्यम दूरीका यातायात सञ्चालन हुने भएको छ ।
प्रशासनले एक आदेश जारी गर्दै लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ ।
लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया