रावलको राजीनामा फिर्ता
अखबार टुडे
प्रकाशित:
२०७८, ८ श्रावण

काठमाडौं, ८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिएको राजीनामा फिर्ता लिएको जानकारी दिए ।
गत असार २८ गतेको सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन ३ गते एमालेभित्रको आन्तरिक विवादका कारण डा रावलले राजीनामा दिएको थियो ।
डा रावलले सत्ताको खेल अराजनीतिक र अस्वस्थ बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीनामा दिएको जनाएका थिए ।
पार्टीलाई एकताबद्ध बनाउन लागेका डा रावललाई एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामा फिर्ता गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया