भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीको विरोध र्‍याली
अखबार टुडे
प्रकाशित:
२०७८, ७ श्रावण

काठमाडौं, ७ साउन । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगायतका माग गर्दै यातायात व्यवसायीले काठमाण्डौ उपत्यकामा र्‍याली निकालेका छन् ।
इन्धनको भाउ बढे पनि गाडी भाडा समायोजन नगरेको उनीहरुको गुनासो छ । यस्तै, कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई सरकारले राहतको व्यवस्था नगरेको उनीहरुले बताएका छन् ।
बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो ¥यालीले रिङरोड परिक्रमा गर्नेछ । ¥यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइन देखिएको छ । साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या देखिएको छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग उनीहरुले माग राखेका छन् ।

प्रतिक्रिया