माधव पक्षले ‘पीपुल्स भोलेन्टियर’ ब्यूँताउदै
अखबार टुडे
प्रकाशित:
२०७८, ६ श्रावण

काठमाडौं, ६ साउन । नेकपा एमालेको बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले युथफोर्स ब्यूँताएपछि नेपाल पक्षले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवशको अवसरमा बिहीबार पीभीको घोषणा बरिष्ठ नेता माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिए । पीभी घोषणा कार्यक्रम बिहीबार सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा १२ बजे सुरु हुने विज्ञप्तिमा जनाइएको छ ।

त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।

प्रतिक्रिया