मन्त्रीको नाम टुङ्गो लगाउन माओवादी केन्द्रको बैठक आज बस्दै
अखबार टुडे
प्रकाशित:
२०७८, ६ श्रावण

काठमाडौं, ६ साउन । सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ते बैठकले मन्त्रीहरुको नाम टुङ्गो लगाउने बताइएको छ ।

माओवादी केन्द्रको भागमा उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पर्ने बताइएको छ । माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना विसङ्खे, सुरेशकुमार राई र शशीले दाबी गरेका छन् । त्यसो त सुदन किराती, शिवकुमार मण्डल, हरिराम चौधरीको नाम पनि मन्त्रीको चर्चामा छ ।

मन्त्रीको चर्चामा रहेकामध्ये नारायणकाजी र हरिराम राष्ट्रियसभा सदस्य हुन् । स्रोतका अनुसार माओवादी केन्द्रले सकेसम्म सातै प्रदेश समेटेर मन्त्री बनाउने भएको छ । सरकारका हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री छन् ।

प्रतिक्रिया