इराकमा बम विस्फोट : कम्तीमा २५ जनाको मृत्यु, दर्जनौँ घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, ५ श्रावण

बग्दाद, ५ साउन (एजेन्सी)। इराकको राजधानी बग्दादमा बम विस्फोट हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।
ज्यान जानेमा महिला र बालबालिका पनि रहेका छन् । विस्फोटमा परि दर्जनौँ घाइते भएका इराकको सुरक्षा निकायले जनाएको छ ।
मुस्लिम धर्मावलम्बीले इद पर्वको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो ।
विस्फोट व्यस्त बजारमा भएको थियो । केही पसलहरुमा समेत आगलागी भएको छ । इस्लामिक स्टेट आईएस समूहले घटनाको जिम्मेवारी लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
पछिल्लो ६ महिनामा बग्दादमा भएको यो सबैभन्दा घातक घटना भएको बीबीसीले जनाएको छ ।
इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जिहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । तर गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए ।

प्रतिक्रिया