कोरोनाबाट थप ३२ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ४ श्रावण

काठमाडौं, ४ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ ।
हालसम्म संक्रमित निको हुने दर ९४।७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया