एमालेको केन्द्रीय कमिटी बैठक सकियो, २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधने निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, ४ श्रावण

काठमाडौं, ४ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आज सकिएको बैठकमा नेकपा एमालेले पार्टीको निर्णय अटेरी गर्दै नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधने निर्णय गरेको छ ।
ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्देशन र कम्युनिस्ट आदर्श विपरित देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले ओलीले आफ्नै पार्टीको सरकार ढाल्ने र अर्को पार्टीका व्यक्तिलाई प्रधानमन्त्रीमा समर्थन गर्नु पार्टीका लागि लाजमर्दो विषय भएको भन्दै उनीहरूलाई यत्तिकै छाड्न नमिल्ने बताएका छन् । बदमासी गर्दै हिँड्नेहरूलाई कारबाही नगर्ने हो भने एमाले नै सिद्धिने ओलीको भनाइ छ ।
यस्तै आजको बैठक पार्टीभित्रको विवाद मिलाउन १० बुँदे प्रस्तावकै आधारमा बसेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको छ । अर्को बैठक भोलि मङ्गलवार दिउँदो ३ बजे बस्नेछ ।

प्रतिक्रिया