ओली सरकार सर्वोच्चले होइन, अहँकारले हटाएको हो : नेता रिजाल
प्रकाशित:
२०७८, ३ श्रावण
काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले केपी शर्मा ओलीको सरकार अदालतबाट नभइ अहँकारबाट अपदस्थ भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै कांग्रेस सांसद रिजालले सरकारबाट बाहिरिएपछि अदालतलाई गाली गर्ने प्रवृत्ति गलत रहेको टिप्पणी गर्दै ओली सरकार अदालतबाट नभइ अहंकारबाट अपदस्थ भएको बताएका हुन् ।
‘अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन । मिलेमतोमा संविधान मिच्नेहरूलाई सम्झाउन खोजेको मात्रै हो । अदालतले होइन अहंकारले तपाईंलाई हराएको हो’, डा. रिजालले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गर्दै नेता रिजालले नेकपा एमालेका नेताहरूलाई ‘धेरै उड्ने वा धेरै गिर्ने’ काम नगर्न सचेत गराए ।
प्रतिक्रिया
सम्बन्धित समाचार