देउवालाई विश्वास मत दिने दल र नेतालाई काँग्रेसले धन्यवाद दिने
प्रकाशित:
२०७८, ३ श्रावण

काठमाडौं, ३ साउन । नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दल र नेताहरुलाई धन्यवाद दिने भएको छ । आइतबार प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा बसेको काँग्रेसको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । काँग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित निर्देशन पनि दिएको जनाइन् ।
प्रधानमन्त्री देउवाले आज संसदमा विश्वासको मत पाउने निश्चित जस्तै भएको छ । एमाले माधव पक्षले समेत देउवालाई मत दिने भएपछि देउवा सरकार जोगिने निश्चित भएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार