जब मिलनले गाइन् ‘तिम्रो मन बदलिएछ’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, २ श्रावण

काठमाडौं, २ साउन । गायक यशकुमार र गायिका सपनाश्रीले झण्डै २० वर्षअघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ रिमेकमा श्रोता तथा दर्शकमाझ आएको छ । यस गीतलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा यशकै शब्द र संगीत छ ।

गीतमा देवेश राईको एरेञ्ज, साजन शाहको मिक्सिङ छ । गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको पनि अभिनय छ । यस भिडियोका लागि डिल्लीबजारस्थित द कुसुम बुटिकले पहिरन तयार पारेकी हुन् ।

पछिल्लो समय म्युजिक भिडियो, फिल्म र फोटोसुटका लागि कुसुम बुटिक कलाकारमाझ लोकप्रिय छ । ‘अहिले पनि म्युजिक भिडियोकै लागि पहिरन तयार गर्न व्यस्त रहेको बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठले बताइन् । उनले नजिकिँदै गरेको तीजका लागि समेत विशेष पहिरन योजना ल्याउने तयारी गरिरहेको सुनाइन् ।

हालै रिलिज भएको ‘तिम्रो मन बदलिएछ’ गीतका लागि कथावस्तुअनुसार मिहिनेत गरेको कुसुमको भनाइ छ । यस गीतलाई गायक यशले गीतले सबैको आ–आफ्नो भोगाइलाई छुने दाबी गरेका छन् । अभिनेता सागरले आफूले सानो उमेरदेखि नै सुन्दै आएको गीतलाई भिडियो बनाउन गरेको प्रस्ताव स्वीकार गरेकोमा यशप्रति आभार व्यक्त गरे ।

अभिनेत्रीद्वय प्रिन्सी र प्रिज्माले बच्चादेखि सुन्दै आएको गीतमा अभिनय गर्न पाउनु सपना पनि नसोचेको फल पाएको बताए । निर्देशक निकेश खड्काले आफूले कलेज पढ्दाताका धेरै सुनेको यो गीतलाई आफैले एक्सन–कट गर्न पाउनु चुनौतीसँगै अवसर पनि भएको दाबी गरे ।

भिडियोमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ । भिडियोका निर्माताहरु भीमादेवी क्षेत्री र सचित लम्साल केसी हुन् ।

प्रतिक्रिया