जसपा ठाकुर पक्षले देउवालाई विश्वासको मत नदिने
अखबार टुडे
प्रकाशित:
२०७८, २ श्रावण

काठमाडौं, २ साउन । जनता समाजवादी पार्टी ९जसपा० महन्थ ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सहकार्य गरेको महन्थ ठाकुर पक्षले अबका दिनमा पनि ओलीसँगै सहकार्य गर्ने भएको हो ।
शनिबार ओली र जसपाका शीर्ष नेताहरुबीचको छलफलपछि आपसी सहकार्य जारी राख्दै निष्कर्षमा पुगेका हुन् । जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा ओलीलाई बालकोट पुगेका थिए । दुवै पक्षबीच समसामयिक राजनीति विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताए ।
जसपाको आधिकारिकताको विवाद निर्वाचन आयोगमा विचाराधीन छ । तर, यसैबेला जसपाको महन्थ पक्षले शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको हो । एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षले देउवालाई साथ दिएका छन् ।

प्रतिक्रिया